जन्म दिन मनाउन पारस नेपाल आउने

८ जेठ, काठमाण्डौं । तीन महिनाअघि अचानक अचेत भएर थाइल्यान्डको समितिभेज अस्पतालमा भर्ना हुनुभएका पूर्वयुवराज पारस शाह नेपाल र्फकने हुनु
भएको छ । paras shahआफ्नो ४३ औं जन्मदिन मनाउन उहाँ नेपाल आउन लाग्नु हो । गएको फागुन ८ गते अचेत भएपछि थाइल्यान्डको अस्पताल भर्ना भएका उहाँको करिब एक महिना उपचार गरिएको थियो । एघार दिनसम्म बेहोस अवस्थमा रहनुभएका उहाँको होस खुलेको करिब दुई सातापछि थाइल्यान्डबाट करिब ६ सय किमि टाढा च्याङमाङ सुधार केन्द्रमा लगिएको थियो । हालसम्म पनि सोही सुधार केन्द्रमा उपचार गराइरहनुभएका पूर्वयुवराज पारस यो महिनाको अन्त्यसम्ममा नेपाल आउनुहुने भएको छ । होस खुलेपछि थप उपचारका लागि सुधारगृह जाने क्रममा समितिभेज अस्पतालमा आफन्तसँग भेट गर्दा आफू नेपालमै सामाजिक सेवा गरेर बस्ने इच्छा व्यक्त गर्नुभउको थियो । तर उहाँ नेपाल आएर बस्ने वा नबस्ने भन्ने विषयमा कुनै टुंगो लागेको छैन् । ‘उहाँ जन्मदिन मनाउन नेपाल आउन लाग्नुभएको हो, कति दिन बस्नुहुन्छ भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी छैन्,’ पारिवारिक स्रोतले भन्यो समाचारपत्रमा खबर छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.