गाविसको खाता नेताका नाममा !

बारा । बाराको डुमरवाना गाविसको आन्तरिक आम्दानी सर्वदलीय समितिका प्रतिनिधिको व्यक्तिगत खातामा जम्मा भएको पाइएको छ । त्यस्तो आम्दानी दलहरुले समिति मार्फत विकासका नाममा जथाभावी खर्चँदै आएका छन् । गाविसको रकम दलहरुले आलोपालो गरी आ आफ्नो नामबाट खातामा राख्दै आएका छन् । आर्थिक वर्ष २०६७/०६८ मा गाविसको खातामा जम्मा गर्नुपर्ने ३० लाख रुपैयाँ समितिका सदस्यले मनोमानी ढंगले खर्चेका छन् । साना किसान कृषि सहकारी संस्थामा माओवादीका तत्कालीन प्रतिनिधि केशवप्रसाद थपलिया र फोरम प्रतिनिधि कृष्णबाबु चौधरीको नाममा बैंक खाता नं ३/२/२९७ सञ्चालन गरिएको नागरिक दैनिकमा खबर छ । थपलियाले सुरुमा समितिको खातामा ढुंगा, बालुवा ठेक्काको १५ लाख, गाविसभित्रको सिसौका रुख ठेक्काको ७ लाख र अन्य ३० लाख रुपैयाँ नगद जम्मा गरिएको र समितिको निर्णय अनुसार विकासमा खर्च भएको बताएका छन् । अहिले एकीकृत माओवादीका टेकप्रसाद अधिकारी, काँग्रेसका राजकुमार सेढाई र एमालेका रुपलाल चौधरीको नाममा बैंक खाता संयुक्त रुपमा सञ्चालन गरिएको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.