प्रेम गरेको आरोपमा देश निकाला !

८ जेठ, अछाम । गैरदलितकी श्रीमतीसँग प्रेम गरेको आरोपमा अछाममा एक युवकलाई देश निकाला गरिएको छ । अछाम भैरबस्थान २ का १७ बर्षका महेन्द्र विकलाई स्थानीय गैरदलितको समूहले यातना दिँदै १० बर्ष नेपाल र्फकन नपाउने उर्दी सुनाएर देश निकाला गरेका हुन् । सुर्खेतको एक गैरसरकारी संस्थामा महेन्द्रका बुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । सोही गाविसकी २२ बर्षकी विवाहित महिला पद्यमकुमारी बिसीसँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरी देशनिकाला गरेका हुन् । महेन्द्रको अहिले भारतको पञ्जाबमा उपचार भइरहेको छ । प्रहरीलेसमेत महेन्द्र नै दोषी भएको ठहर गर्दे १५ हजार जरिवाना गरी तारेखमा छाडेको नयाँ पत्रिकामा खबर छ । त्यसपछि कथित उच्च जातिका गाउँलेको समूहले सामूहिक यातना दिँदै गैरदलितसँग प्रेम गरेको भन्ने स्वीकार गर्न लगाई १४ चैत ०६९ मा देशनिकाला गरेको उनका बाबु बसिे तिरुवाले बताए । महिलाका बाबु टेकबहादुर बुढालगायत स्थानीय चन्द्र बिसी, टीकाराम विसी, भुवन सिंह, टेकबहादुर बिसीलगायत गैरदलितले महेन्द्रको घरमै गएर कुटपिट गरी १० बर्ष नेपाल नफर्किने बाचा गराएर भारत पठाएको तिरुवाको भनाई छ । दलित भएकै कारण विकलाई देश निकाला गरेको डेढ महिना भइसक्दा पनि सहयोग गर्ने कोही नुहँदा घटना बाहिर आउन सकेको थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.