पूर्वपञ्चको पार्टीमा भाँडभैलो

काठमाण्डौ । पूर्वपञ्चहरुले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन नजिकिँदै जाँदा दलभित्रको अन्तरविरोध सडकमा छताछुल्ल भएको छ । कार्यसम्पादन समितिले ५ सदस्यीय अध्यक्ष मण्डलको नयाँ प्रस्ताव अघि सारेपछि त्यसको विरोधमा २५ जिल्लाका सभापतिसहित कार्यकर्ताहरु नाराबाजी र धर्नामा उत्रिएका छन् । पशुपतिसमशेर राणा नेतृत्वको राप्रपा र सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्ति पार्टीको एकता अधिवेशन
surya-bdr-&-pasupati
को उद्घाटन जेठ ३ गते भृकुटीमण्डपमा हुँदैछ । अधिवेशनका लागि प्रतिनिधिहरु जिल्ला-जिल्लाबाट राजधानी आउन थालिसकेका छन् । अधिवेशनपछि सूर्यबहादुर थापा, पशुपतिसमशेर राणा, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा र डा. प्रकाशचन्द्र लोहनीसहितको पाँचसदस्यीय अध्यक्ष मण्डल बनाउने र आलोपालो अध्यक्षता गर्ने प्रस्ताव अघि सारिएपछि कार्यकर्ताहरु यसको विरोधमा उत्रिएका छन् ।
‘हामीलाई यस्तो सिन्डिकेट प्रणाली मान्य छैन, अधिवेशनमा पाँचैजना नेताहरु चुनाव लडुन् र जसले जित्छ, उसैले अध्यक्ष चलाउन् ।’ अधिवेशनमा सहभागी हुन धरानबाट राजधानी आएका देवराज आचार्यले अनलाइनखबरसँग भने,- ‘आलोपालो पाँचजनाले अध्यक्ष खाइरहन खोज्नु भनेको लोकतान्त्रिक तरिका होइन, यो चार दलको जस्तै सिन्डिकेट प्रणाली हो ।’
अध्यक्षात्मक प्रणालीको विरोधमा राजेश्वर देवकोटासमेत रहेको आचार्यको दाबी छ । साथै काठमाडौं, नुवाकोट, सुनसरी, धनुषा लागयत २५ जिल्लाका सभापतिले अध्यक्षात्मक प्रणालीको विरोधमा हस्ताक्षर गरिसकेको उहाँले बताउनुभयो । ‘अरु जिल्लामा पनि थपिँदैछन्, हामी यो प्रस्ताव अधिवेशनको बन्दशत्रबाटै असफल बनाइदिने छौंं ।’ उहाँले भन्नुभयो,- ‘यो लोकतान्त्रिक पद्दति होइन । गणतन्त्र, लोकतन्त्र र संघीयतालाई मान्छु भन्ने अनि राणा शासनमा जस्तो पाँचजनाले घुमाएर खान खोज्ने ?’
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.