पाइलट ट्वाइलेट गएपछि…..
दिल्लीबाट बैंलोर गइरहेको एयर इण्डियाको एआई ४०३ विमानले अनौठो घटनाको सामना गर्नु प¥यो । यही अनौठो घटनाका कारण विमान बैंलोर नभएर भोपालमा अवतरण गर्नुपर्ने अवस्था आयो ।
विमान चालक केहीबेरका लागि ट्वाइलेट के गएका थिए समस्या आइहाल्यो । तैपनि विमान यात्रीले कुनै समस्या झेल्नु परेन । फ्लाइट कमाण्डर केही क्षणका लागि ट्वाइलेट मात्र गएका थिए, फर्कदा ककपिटको ढोका खुल्नै सकेन । निकैबेर प्रयास गरियो ककपिटको ढोका खोल्ने । तैपनि खुलेन । विमान उडिरहेकै थियो । मुख्य चालक थिएनन् । ककपिटमा सहचालक र एक ट्रेनी चालक मात्र थिए ।
केही नलागेपछि सहचालकले अधिकारीहरुसँग विमानलाई भोपालमा अवतरणको अनुमति मागे र विमानलाई भोपालतिर मोडियो । विमान भोपालमा सुरक्षित अवतरण गरियो । भोपालमा इञ्जिनियरहरुले ककपिटको ढोका मर्मत गरे । त्यसपछि नागरिक उड्डयन महानिर्देशनालयको अनुमति लिएर विमान बैंलोरतिर उड्यो । एयर इन्डियाले एक विज्ञप्तिमार्फत यो अवस्थामा सबै सुरक्षा मानक पालना गरेको जनाएको छ । यो घटनाबाट विमान यात्री र चालक दलको सुरक्षामा भने कुनै खतरा सिर्जना भएन । एजेन्सी
भिडियोको लागी तल क्लिक गर्नुहोला विमान चालक केहीबेरका लागि ट्वाइलेट के गएका थिए समस्या आइहाल्यो । तैपनि विमान यात्रीले कुनै समस्या झेल्नु परेन । फ्लाइट कमाण्डर केही क्षणका लागि ट्वाइलेट मात्र गएका थिए, फर्कदा ककपिटको ढोका खुल्नै सकेन । निकैबेर प्रयास गरियो ककपिटको ढोका खोल्ने । तैपनि खुलेन । विमान उडिरहेकै थियो । मुख्य चालक थिएनन् । ककपिटमा सहचालक र एक ट्रेनी चालक मात्र थिए ।
केही नलागेपछि सहचालकले अधिकारीहरुसँग विमानलाई भोपालमा अवतरणको अनुमति मागे र विमानलाई भोपालतिर मोडियो । विमान भोपालमा सुरक्षित अवतरण गरियो । भोपालमा इञ्जिनियरहरुले ककपिटको ढोका मर्मत गरे । त्यसपछि नागरिक उड्डयन महानिर्देशनालयको अनुमति लिएर विमान बैंलोरतिर उड्यो । एयर इन्डियाले एक विज्ञप्तिमार्फत यो अवस्थामा सबै सुरक्षा मानक पालना गरेको जनाएको छ । यो घटनाबाट विमान यात्री र चालक दलको सुरक्षामा भने कुनै खतरा सिर्जना भएन । एजेन्सी
|
0 comments
Write Down Your Responses