बाप रे, १५ सन्तान, २३ नातिनातिना (फोटोफिचरसहित)
एउटा महिलाले कति सन्तान जन्माउछिन् होला । ४, ५ वा ७ धेरै भए दश होला । होइन होइन, युक्रेनकी मारिया मसकालुकको १५ सन्तान छन् र २३ नातिनातिना । उनको बुझाईमा बढी सन्तान जन्माउँदा महिलाको अवस्था तन्दरुस्त हुन्छ । कस्तो छ त उनको परिवारको अवस्था ।
निकै कठिन थियो यति ठुलो परिवार एउटै तस्वीरमा हटाउन । युक्रेनका मसकालुक परिवारका बच्चाहरुको यो तस्वीर फोटो पत्रकार बलंदियुखले खिचेका हुन् । यो तस्वीर ६ वर्षअघि यासिनिया गाउँमा लिइएको हो ।
१५ बच्चाकी आमा मारिया मसकालुक आफ्नो अनुभव सुनाउँदै भन्छिन्–आजसम्म म एक दिन पनि राम्रोसँग सुत्न पाएकी छैन । बच्चाहरु रातभर कराइरहन्छन् । र, काम यतिधेरै हुन्छ कि त्यो मिलाउँदामिलाउँदै आधा रात त त्यसै जान्छ । यसो सुतौं भन्यो बिहान भइहाल्छ ।
आफ्नो कमजोर आर्थिक अवस्थाका कारण मसकालुक परिवारले सन् २००६ मा पहिलो फ्रिज किनेको थियो । त्यो पनि ऋण काढेर । त्यतिबेलासम्म सबै खानेकुरा र अन्य वस्तु भण्डारमा राख्ने गरिएको थियो ।
बच्चाका पिता माकोला मसालुक निकै गर्भका साथ भन्छन्–मेरो, मेरा पिता, मेरा हजुरबा, जिजुबा र उनका पनि पिता र मेरो सबैभन्दा कान्छो छोराको नाम, हामी सबैको नाम माकोला माकोनायोवच राखिएको छ ।
मारिया भन्छिन्, यतिधेरै बालबच्चा पालन पोषणका लागि मेरा पतिले निकै धेरै परिश्रम गर्नुपर्छ । कयौ पटक लगातार काम गर्दा उनको स्वास्थ्य बिग्रने गरेको छ । खराव स्वास्थ्यमा पनि काम गर्नु बाध्यता बनेको छ । डाक्टरसम्म पुग्ने समय चिसो मौसमा मात्र प्राप्त हुन्छ । किनभने त्यतिबेला कामको दबाव केही कम हुन्छ ।
६० को दशक यो परिवारका लागि निकै कष्टकर बनेको थियो । यो दम्पत्तिका अनुसार त्यतिबेला डेढ वर्षसम्म उनीहरुसँग पैसाको नाममा एकसुका पनि थिएन । त्यो कठिन अवस्थामा खानका लागि अन्न र तरकारी पनि आफैले उत्पादन गरेर बाँचे ।
विशेष किसिमले पकाइएको पास्ता, आलु र दल उनीहरुको विशेष तथा मुख्य भोजन हो । उनीहरुको घरलगत्तै सुनसान जंगल पर्दछ ।
माकोला मसकालुकलाई ठुलो सहर मन पर्दैन । त्यसैले उनले चहलपहलभन्दा टाढा एकदम शान्त क्षेत्रमा आफ्नो बासस्थान बनाएका हुन् । यो परिवार गाई, घोडा, सुगुर, कुखुरा र भेंडा पालन गर्दछ । उनीहरु भेंडा उच्च पहाडी भागमा चराउन लिएर जान्छन् ।
यो परिवारले हालै मात्र ग्यास चुल्हो किनेर ल्याएको थियो । तर, ग्यास विष्फोटको खबर सुनेपछि अहिलेसम्म प्रयोगमा ल्याएको छैन । उनीहरु घरलाई तातो बनाइराख्न दाउरा बाल्न बढी मन पराउछन् ।
बढेहुर्केकाहरु अहिले घरबाट निस्किसकेका छन् । जब पुरा परिवार जम्मा हुन्छ तब आँगनमा आगो बालेर ठुलाठुला भाँडामा खाना पकाइन्छ । मसकालुकको परिवारसँग आफ्नो करिब आधा हेक्टर जग्गा छ । पहाडी इलाकामा उनीहरुको यो जमिनमा सबैभन्दा राम्रो बाली लाग्छ । यद्यपि सहरी इलाकमामा बस्नेहरुको जस्तो उनीहरुको अवस्था राम्रो छैन । तैपनि राम्रो पक्ष भनेको उनका सबै बालकालिका बारीमा काम गर्न, गाईवस्तु चराउन र घाँस सुकाउन पूर्ण रुपमा सहयोग गर्दछन् ।
माकोला मसकालुकलाई आफ्नी श्रीमतीलाई कहिल्यै महंगो उपहार दिन नसकेकोमा दुःख लागेको छ । अहिलेसम्म उनले आफ्नी श्रीमतीलाई दिएको महंगो उपहार भनेकै बाह्रसिंगेको सिंगको एउटा शाखा हो । यो उपहार दिँदा एउटा अनौठो संयोग पनि परेको थियो रे । जुन दिन माकोलाले श्रीमतीलाई यो उपहार दिएका थिए त्यो दिन संयोगबस अन्तर्राष्ट्रिय नारी दिवस परेको रहेछ ।
मारिया मसकालुकको मान्यताअनुसार एउटी स्त्रीका लागि हरेक अघिल्लो गर्भले यसको प्रसव पीडा कम गर्दछ । मारियाको विश्वास छ–बढी बच्चा जन्माउँदा महिलालाई तन्दुरुस्त राख्ने गर्दछ । एजेन्सी -->
भिडियोको लागी तल क्लिक गर्नुहोला निकै कठिन थियो यति ठुलो परिवार एउटै तस्वीरमा हटाउन । युक्रेनका मसकालुक परिवारका बच्चाहरुको यो तस्वीर फोटो पत्रकार बलंदियुखले खिचेका हुन् । यो तस्वीर ६ वर्षअघि यासिनिया गाउँमा लिइएको हो ।

|
0 comments
Write Down Your Responses