दर्शककै अगाडी भुवनले कोमललाई किस गरेपछी...

हेटौंडा मकवानपुर पुगेका दुई दर्जन चर्चित कलाकारले मकवानपुरवासीलाई छमछमि नचाए । खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने कार्यक्रममा गायिका कोमल वलि, भुवन केसी, विनिता बराल, संगितकार महेश खड्का, हास्य कलाकार विष्णु सापकोटा, खेमकुमारी भुर्तेल लगायतका कलाकारको बाक्लो उपस्थिती रहेको थियो ।

मकवानपुर आएका कोमल वली र भुवन केसीको ठट्टा देखेर दर्शकले निक्कै मनोरञ्जन लिएका थिए । व्यग्रताका साथ भुवन र वलीलाइ कुरेका दर्शकले कोमल वली स्टेजमा पुग्ने बित्तिकै निकै हुटिङ गरोका थिए । त्यसमाथि उनले स्टेजमा पुगेर ‘भुवन केसी ज्यू आई लभ यु’ भन्दे पछि भुवनलाई पनि के चाहियो र उनले पनि बदलामा कोमलको हात पक्डेर चुम्बन गर्दे अनि त कार्यक्रमको माहोल तातिहाल्यो ।

उक्त कार्यक्रममा वलीले ‘बाझो खेतमा’ गीतबाट गायन सुरु गरिन । भुवन पनि के कम उनले पनि आफ्नो फिल्म ‘साथि म तिम्रो’, ‘म तिमि बिना मरिहाल्छु’, ‘कुसुमे रुमाल’ का गितको केही अंश गाएर सुनाए । विनिता बरालको नृत्य, विष्णु सापकोटा र खेमकुमारि भुर्तेलको हास्य प्रस्तुतिमा पनि दर्शकले उक्तिकै मनोरञ्जन गरेका थिए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.