लोकमान नैतिक पतन छैनन् : अख्तियार

काठमाडौं, १३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीको आचरणमा प्रश्न उठाउने कानुनी अधिकार कसैलाई नभएको जिकिर गरेको छ । कार्कीलाई अख्तियार प्रमुख बनाउने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतलाई लिखित जवाफ दिँदै अख्तियारले कानुनी रूपमा कार्की नैतिक पतन नभएको दावी गरेको छ । ‘विद्यमान संविधान र कानुनअनुरूपको चरित्र नभएको भनी कुनै पनि न्यायिक निकायबाट ठहर भएको छैन,’ सर्वाेच्चमा पेस गरिएको लिखित जवाफमा भनिएको छ, ‘उच्च नैतिक चरित्र नरहेको भनी रिटकर्ताले प्रश्न उठाउनु व्यक्तिगत जीवन र समाजिक प्रतिष्ठामा आँच पुर्‍याउने बदनियत राखी दायर गरेको रिट खारेजको भागेदार छ ।’ प्रमुख दलका शीर्ष नेताहरू रहेको उच्चस्तरीय राजनीतिक समितिको सिफारिसमा संवैधानिक परिषद्ले वैशाख २२ गते कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्न राष्ट्रपति डा. रामवरण यादवलाई सिफारिस गरेका थियो । राष्ट्रपति यादवले २५ वैशाखमा उनलाई नियुक्त गरेलगतै अधिवक्ता ओमप्रकाश अर्यालले नियुक्ति बदर को माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.