त्यो डरलाग्दो हत्याकाण्डको रहस्य के थियो ?

भिडियोको लागी तल क्लिक गर्नुहोला
२३ वैशाख,काठमाडौ। समाजसेवी पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको आज आठ बर्ष पूरा भएको छ । तर त्यस्तो डरलाग्दो हत्याकाण्डको दोषी को थियो भन्ने पत्ता लाग्न सकेको छैन । हत्याको आठबर्ष पूरा भइसक्दा समेत रुपन्देहीबासीले त्यो विभत्स घटना बिर्षन सकेका छैनन।
Narayan-P-Pokhrel
मुलुक द्वन्दको भूमरीमा रहेको समयमा हत्याको दोष माओवादीलाइ लगाइएपछि त्यस्को षडयन्त्र आर्कै थियो । पण्डित नारायण पोखरेलले गरेको सामाजिक सुधारको कामवाट त्रसिरहेका उनको हत्या काण्डको षडयन्त्र रचेका थिए । हत्यामा माओवादी संलग्नतावारे अन्यौलता कायम भएपनि, उनको हत्या गर्ने केन्द्रीय नीति नभएको त्यो वेला पश्चिम कमाण्ड हेर्ने एकजना प्रभावशाली नेता स्मरण गर्छन ।
नेपालमा इसाइकरण गर्ने केही धार्मिक तस्करले र विश्व हिन्दु परिषदका केही मण्डलेलाइ प्रयोग गरेर पण्डित पोखरेलको हत्या गराइएको सुरक्षा स्रोत बताउछन । हत्याकाण्ड कति प्रायोजित थियो भने विहान ९ बजेको समयमा भएको हत्याकाण्डाको समाचार विहान ११ बजे निस्कने सन्ध्याकालीन पत्रिकाले छापिसकेका थिए ।
सबै सन्ध्या कालिन पत्रिकाको शीर्षक समेत मिलेको थियो । पण्डित नारायण पोखरेलका पुत्र पण्डित दीनबन्धु पोखरेलले आजपनि आफ्ना पिताको गैरन्यायीक हत्याको जवाफ मागिरेका छन, राज्यसंग । पण्डितद्धय सप्ताह लगाएर देशका दूर जराजमा कयौ स्कुल र क्पाम्पसका पक्की भवन बनाइदिएका छन ।
एडिबि, वल्ड बैंक र डिएफआइडी जस्ता दाताले दशकौसम्म गरेको लगानी वालुवामा पानी जस्तै खेर गइरहेको समयमा पण्डित नारायणले गाउँवाट मुठि संकलन गरेर स्कुलका पक्की भवन बनाइदिएका थिए । राष्टनिर्माणमा विनोद चौधरी भन्दा ठूलो योगदान गरेका पण्डिको हत्याप्रति राज्यको आधिकारीक धारणा नआउदा त्यो भयानक हत्याकाण्ड झनझन रहस्यमय बन्दैछ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.