श्रीमतीको शवलाई १० वर्षम्म अँगालो मार्ने यी हुन् कलियुगका महादेव (फोटोफिचर सहित)
आफ्नी श्रीमतीको शवलाई यसरी वर्षौँसम्म पनि सँगै राखेर, अँगालो मारेर प्रेमको अनौठो उदाहरण दिने व्यक्ति भियतनामका ले वेन हुन् । कुआंगा नेम प्रान्तका ती ५५ वर्षा पुरुषले आफ्नी श्रीमतीको शवलाई माटोले पोतेर माटाको गुडियाजस्तै बनाएका छन् र पलङमा सुताएका छन् । ती पुरुष मात्र होइन उनका छोराले पनि आफ्नी मृत आमाको शवलाई हरेक रात सुत्न जानुभन्दा पहिले अंकमाल गर्छन् । ती महिलाको मृत्यु सन् २००३ मा भएको थियो ।



उनले हरेक दिन बिहान आफ्नी श्रीमतीको शवलाई सफा गर्छन् । राम्रा राम्रा कपडा लगाइदिन्छन् । श्रीमतीले जिउँदो छँदासम्म राम्रा कपडा लगाउन नपाएको गुनासो छ उनको । त्यसैले एक दिनमै २ थरी राम्रा राम्रा कपडा लगाइदिन्छन् श्रीमतीको शवलाई । उनलाई मान्छेले यस्तो पागलपना नदेखाउन कैयौपटक सुझाव दिए । तर ती व्यक्ति मान्ने वाला छैनन् । आफ्नी श्रीमतीको मृत्यु भएपनि श्रीमतीको आत्मा नमरेको ठहर उनको छ ।

0 comments
Write Down Your Responses