बलात्कार आरोपमा युवक पक्राउ

खोटाङ - चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङ खार्ताम्दा–७ का १८ वर्षीय आशधन विश्वकर्मा पक्राउ परेका छन्। खार्मी–१ की बालिकालाई भदौ १ गते दिउँसो बलात्कार गरेको उजुरी आफन्तले दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बालिकाका आफन्तले भदौ ४ गते उजुरी दिएका थिए। खाजा खाने समयमा विश्वकर्माले बिस्कुट किनिदिने भन्दै छोरीलाई फकाएर लगेको र ढिलो गरेपछि खोज्दै जाँदा करणी गरिरहेको फेला परेको बालिकाका बुबाले जानकारी दिए। गाउँमै मिलाउने वातावरण तयार नभएपछि चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उनको भनाइ छ। उता बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका दोर्पाचिउरीडाँडा–३ का प्रेमबहादुर पाण्डेलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाइएको छ। गत साउन १२ गते दिक्तेलबाट घर जानेक्रममा आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा पाण्डे पक्राउ परेका थिए। भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.