दल दर्तामा एमाले पहिलो


काठमाडौं – निर्वाचन आयोगमा दल दर्ता गर्न को पहिला भन्ने विषयमा एमाले र एकिकृत माओवादी केन्द्रीय नेताबीच झगडामा उत्रिएपछि निर्वाचन आयोगले चलाखीपूर्ण रुपमा समाधान गरेको छ। आयोगले दर्तामा एमालेलाई एक नम्बरमा दर्ता गरेको छ। एमाओवादी दोस्रो र कमल थापाको राप्रपा नेपाल तेस्रो नम्बरमा दर्ता भएका छन्। निर्वाचन आयोगमा को पहिलो पुगेको भन्ने विवादमा एमाले र माओवादी केन्द्रिय तहका झगडामा उत्रिँदा दल दर्ताको पहिलो दिन आयोगमा एसपीको कमान्डमा प्रहरीनै खट्नु परेको थियो। एमालेका केन्द्रिय नेताहरु दलदर्ताका लागी पहिला नै आयोग पुगे पनि माओवादीले आफू अगाडि आएको भन्दै विवाद बढाएका थिए। पत्र क्रमसंख्या अनुसार पछि निर्णय गर्ने भन्दै आयोगले प्रस्ताव राखेपछि एमाओवादी नेता पछि हटेका थिए। आयोग स्रोतका अनुसार पहिलो नम्बरमा एमाले दर्ता भएको छ। दोस्रो नम्बरमा एकिकृत माओवादी, तेस्रो नम्बरमा कमल थापाको राप्रपा नेपाल र कांग्रेस चौथो नम्बरमा दर्ता भएको छ। पाँचौमा सिपी मैनालीको नेकपा एमाले, छैठौंमा तराई मधेस लोकतान्त्रिक पार्टी, सातौंमा सद्भावना पार्टी र आठौंमा राप्रपा दर्ता भएको छ। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.