पोर्न फिल्म हेर्ने जागिर

चीनमा यस्ता व्यक्तिहरुको लागि जागिर खुलेको छ जसले दिनभरि अश्लील सामाग्रीहरु हेर्नुपर्नेछ । निकै लोभलाग्दो तलब दिइने उक्त पदको नाम चिफ पोनोग्राफी आइडेन्टिफिकेसन अफिसर हो । यो पदका लागि छनोट हुनेले गर्ने काम भनेकै दिनभरि अफिसमा बसेर पोर्न सामाग्री हेर्नु हो । उनीहरुले इन्टरनेटमा भएका सामाग्रीहरु हेर्ने र त्यो अश्लील भए नभएको निर्णय गरी अश्लील भएमा रोक लगाउन सिफारिस गर्ने काम गर्नेछन् ।

ppp
वास्तवमा नयाँ पुस्तालाई इन्टरनेटको गलत वातावरणबाट बचाउन र इन्टरनेटलाई अश्लील सामाग्री मुक्त बनाउनका लागि चीन सरकारले यस्तो पद सिर्जना गरी त्यसका लागि इच्छुक उमेद्धारको आवेदन माग गरेको हो । सरकारले यो परियोजना सेफ्टी अलायन्स नामको एक कम्पनीलाई जिम्मा दिएको छ ।
उक्त कम्पनीका अनुसार यो जागिर घरमै बसीबसी पनि गर्न सकिन्छ । अहिले यस्तो संजाल तयार गरिँदैछ की जसले अश्लील सामाग्रीको पहिचान गर्नेछ । यो कार्य अन्तरगत मानिसहरुको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई पनि ख्याल गरिने बताइएको छ । यस्तो नेटवर्कका प्रमुखको तलब वाषिर्क २ लाख चिनिया युआन हुनेछ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.