नेपालगञ्जमा दुई दिनमै १० डिग्री तापक्रम घट्यो


३० बैशाख, काठमाडौं । धेरै गर्मी हुने ठाउँ नेपालगञ्जमा दुई दिनमै तापक्रम हृवात्तै घटेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाको रेकर्ड अनुसार आइतबार नेपालगञ्जको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस थियो । अघिल्लो दिन शनिबार त्यहाँको अधिकतम तापक्रम प्राप्त भएको थिएन भने त्यसको दुईदिन अघि शुक्रबार चाहिँ तापक्रम ४०.४ डिग्री सेल्सियस थियो । दुई दिनमै यसरी तापक्रम हृवात्तै किन घट्यो त ? ‘बदली भएको थियो, पानी पनि पर्यो, यसकारणले तापक्रममा यस्तो अन्तर आएको हो’ महाशाखाका मौसमविद राजु प्रधानांगले अनलाइनखबरलाई जानकारी दिनुभयो । जेठ महिना आउनै लाग्दा गर्मी झन् झन् बढ्न थालेको छ । दिउँसो गर्मी र बेलुकीपख हावाहुरी सहित पानी पर्ने क्रम केही दिन चल्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बेलुकी पनि देशका धेरै ठाउँमा पानी परेको थियो । आइतबार डढेलधुरामा १६ दशमलव ६, धनगढी र भैरहवामा फाटफुट, नेपालगंजमा ५ दशमलव ५, जुम्ला र सिमरामा १, दाङमा ५ दशमलव २, धनकुटामा ८, ताप्लेजुङमा १६ दशमलव ४ मिलिमिटर पानी परेको छ । सातवटा शहरमा पछिल्लो साताको तापक्रम :
temp

0 comments

Write Down Your Responses

Powered by Blogger.