सोभित बस्नेतको शोसण, कलाकारलाई नङ्ग्याए तर पैसा दिएनन ।

कसैलाई काम लगाएपछि उसको पारिश्रमीक दिनुपर्छ । तर, निर्देशक शोभित वस्नेतले दिनभर काम लगाएर पैसा नदिएपछि एक चलचित्रमा चलचित्रका कोरसहरु आगो भएका छन् ।

आफ्नो डि्रम प्रोजेक्ट भन्दै शोभितले निर्देशन गरेको चलचित्र ‘जाउँ हिड पोखरा’को एउटा गीतमा नायिका रेखा थापा र केही कोरसहरुलाई स्विमिङ पुलमा नचाईएको छ । नायिका थापा छोटो पहीरनमा छिन् भने कोरसहरु टु पिसमा देखिन्छन् ।
जेठ महिनामा छायांकन गरिएको यो गीतका कोरसहरुले अझै पनि पारीश्रमीक पाएका छैनन् । नेपालमा कोरस नृत्य गर्नेहरुले प्रति व्यक्ति २ हजार रुपियाँ पाउछन् । तर, उपत्यका बाहीर जानु परे उनीहरुको पारीश्रमीक एक गीतको ३ हजार हो ।

जाउँ हिड पोखरामा दिनभरी टु पिसमा नृत्य गरेका डान्सरहरुले आजसम्म पनि पारिश्रमीक नपाएपछि आगो भएका छन् । यो गीतलाई शंकर बीसीले नृत्य निर्देशन गरेका हुन् । शंकरले बारम्बार आफुले रकमका लागि फोन गर्दा पनि शोभितले टार्ने गरेको बताए । ‘अहिले मेरो फोन नै शोभित जि ले उठाउनुहुन्न’ शंकरले भने ।

यता निर्देशक शोभित बस्नेत भने केही रकम आफुले दिईसकेको र बाँकी रकम गीतको सम्पादन पछि दिने बताउँछन् । अनलाईनखबरसँग शोभितले भने, सबैले गीतको सम्पादन पछि नै रकम दिन्छन्, मैले पनि त्यही गरेको हो । उनले गीत छायांकन भएको भोलीपल्टै चलचित्रको छायांकनका लागी १ महिना पोखरा जानु परेकाले रकम दिन नसकेको बताए । तर नृत्य निर्देशक शंकर वीसी भने आफुले एक रुपिया पनि नपाएको बताए ।

रेखा थापा, जीवन लुईटेल अभिनित जाउ हिड पोखरा शोभितको २५ औं सिनेमा हो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.