समाचार
»
छोटा राजन हुँ भन्दै रकम माग्ने पक्राउ
छोटा राजन हुँ भन्दै रकम माग्ने पक्राउ
५ जेठ, काठमाडौं । छोटा राजन हुँ भन्दै विदेशी नंवरहरुबाट फोन गर्न लगाई रकम माग्ने ठाकुर प्रकाश विश्वकर्मालाई पहरीले पक्राउ गरेको छ । उनले मलेशिया, अष्ट्रेलिया लगायतका देशहरुमा रहेका साथीहरुमार्फत बालुवाटार बस्ने अनिल विश्वकर्मा गजमेरलाई फोन गर्न लगाई आफू छोटा राजन भएको र माग गरे बमोजिमको रकम नदिएमा अपहरण गर्ने तथा ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । ठाकुरले व्यावसायीक रिसईवीको करण यस्तो गरेको देखिएको प्रहरीले बताएको छ । ठाकुरले ले पीडितको व्यक्तिगत तथा व्यावसायीक पहिचान खुल्ने तस्वीर ईमेल मार्फत विदेशमा रहेका साथीहरुलाई पठाएको र सोहीको आधारमा धम्की दिने गरेको देखिएको छ।धम्की दिन सहयोग गर्नेहरु मलेशिया बस्ने विजय, अष्ट्रेलिया बस्ने रवी ठाकुरको सहयोगी भएको र विदेशमा भएकाले विस्तृत जानकारी खुल्न नसकेको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जनाएको छ । ठाकुरलाई मानव शरीर बन्धक तथा अपहरण उद्योग अन्तरगत कारवाही गरिनेप्रहरीले बताएको छ । हाल उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डौंमा राखिउको छ ।
0 comments
Write Down Your Responses