बेपत्तै नभइ बेपत्ता भएको भन्दै रकम लिने युवा प्रहरी नियन्त्रणमा

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


सोलुखुम्बु - द्वन्द्वकालमा राज्यबाट बेपत्ता पारिएको भनिएका एक युवकलाई सोलुखुम्बु प्रहरीले फेला पारेको छ । सोलुखुम्बु जिल्ला देउसा- ५ घर भएका तिलबहादुर राईको २४ वर्षीय छोरा सिताराम राईलाई द्वन्द्व पीडितको नाममा राज्यकोषको रकम दुरुपयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सदरमुकाम सल्लेरीबाटै पक्राउ गरेकेा हो। राज्यले समेत बेपत्ताको सूचीमा राखेका सितारामका परिवारले बेपत्तालाई राज्यले दिने एक लाख रुपैयाँ राहत रकम जिल्ला प्रशासन कार्यालयबाट लिएको खुल्न आएको छ। शान्ति मन्त्रालयले बेपत्ताको सूचीमा समावेश गरिएका राईका परिवारले २०६८ साल असार २९ गते जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट एक लाख रुपैयाँ लिएका थिए। तर बेपत्ता भनिएका युवक राई भने माओवादीको लडाकु रहेको र बेपत्ता भनिएको समयमा माओवादी क्यान्टोन्मेन्टमा रही हाल स्वेच्छिक अवकास लिएर राज्यबाट ५ लाख रकम समेत लिएको खुल्न आएको छ। बेपत्ताको नाममा राज्यको सम्पत्ति दुरुपयोग भएको खबर आइरहेका बेला बेपत्ता भनिएका राईलाई प्रहरीले फेला पार्नुले पनि यसको पुष्टि गरेको छ। प्रहरीले समातेका राईलाई आज स्थानीय शान्ति समितिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुबम्बु प्रहरी नायब निरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिए। प्रहरीले आवश्यक अनुसन्धान गरी राईलाई शान्ति समितिको जिम्मा लगाएको छ भने समितिले बेपत्ताको नाममा लिएको रकम फिर्ता गराउने बताएको छ। राई हाल स्थानीय शान्ति समितिले द्वन्द्व पीडितको लागि दिइएको तालिम लिँदै गर्दा अवस्थामा पक्राउ परेका थिए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.