के छापियो आजकाका दैनिक पत्रिकामा ?

आज मिति २०७० जेठ १५ गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले संविधानसभा निर्वाचनको मिति घोषणाका लागि दलहरु अन्तिम कसरतमा रहेको तथा आज गणतन्त्र दिवस रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको कान्तिपुर दैनिकले अख्तियारले ठूला ऋणिहरुको विवरण मागेको खबरलाई मुख्य रुपमा छापेको छ भने, नागरिक दैनिकले फुर्माइस बढाउन ग्यास उद्योगीको हड्तालको खबरलाई मुख्य रुपमा छापेको छ ।
अन्नपूर्ण पोष्टले प्रचण्डले सम्मानको आशा गरेको खबरलाई मुख्य बनाएको छ भने स्ववियु चुनाव स्थगित हुने संकेत रहेको खबर राजधानी दैनिकले प्राथमिकताका साथ छापेको छ ।



0 comments

Write Down Your Responses

Powered by Blogger.