मलाई भारतीय दूत भन्नेहरु पागल हुन् : अमरेश सिंह
५ जेठ, वीरगन्ज । नेपाली काँग्रेसका पूर्वसांसद अमरेश सिंहले आफु भारतीय दूत नभएको दाबी गर्नु भएको छ । सिंहले आफुलाई भारतको दूत भन्नेहरुलाई पागलको संज्ञा समेत दिनु भयो । वीरगन्जमा आइतवार अनलाइनखबरसंग कुरा गर्दै सिंहले आफुले नेपालको परिवर्तन र विकासका लागि विदेशी मित्र शक्तिहरुसंग समन्वय गर्दै आएको स्पष्ट पार्नु भयो ।
सिंहले भन्नु भयो,’मलाई भारतको दूत भन्नेहरु पागल हुन । यो उनीहरुको दिवालीयापन मात्र हो, अरु केहि होइन ।’नेपालमा हुने हरेक महत्वपूर्ण वार्तामा आफ्नो सहभागीता अनिवार्य रुपमा हुँदै आएको बताउँदै सिंहले विदेशी शक्तिहरुले पनि आफुलाई अरु नेताभन्दा बढि विश्वास गर्ने गरेको बताउनु भयो । उहाँले आफुले विदेशीका लागि नभई नेपालकै लागि काम गर्दै आएको जिकिर समेत गर्नु भयो । सिंहले विदेशी शक्तिहरु पनि नेपालमा चुनाव होस भन्ने पक्षमा रहेकाले आगामी मंसिरभित्रै जुन सुकै हालतमा पनि संविधानसभाको चुनाव हुने दाबी गर्नु भयो ।
काँग्रेस नेता सिंहले भारत , अमेरीका , चीन र यूरोपियन युनियन नेपालमा छिटटै चुनाव होस भन्ने पक्षमा रहेकाले मंसिरको पहिलो साता चुनाव भएर छाडने दाबी गर्नु भयो । निर्वाचनबाट नै मुलुकका सबै समस्या सामाधान हुने भएकाले चुनावमा सहभागी नहुने दलहरुको भूमीका आफै समाप्त भएर जाने चेतावनी समेत दिनु भयो । अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति जायज भएको भन्दै सिंहले यसको विरोध गर्नुको कुनै तुक नरहेको पनि बताउनु भयो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला सिंहले भन्नु भयो,’मलाई भारतको दूत भन्नेहरु पागल हुन । यो उनीहरुको दिवालीयापन मात्र हो, अरु केहि होइन ।’नेपालमा हुने हरेक महत्वपूर्ण वार्तामा आफ्नो सहभागीता अनिवार्य रुपमा हुँदै आएको बताउँदै सिंहले विदेशी शक्तिहरुले पनि आफुलाई अरु नेताभन्दा बढि विश्वास गर्ने गरेको बताउनु भयो । उहाँले आफुले विदेशीका लागि नभई नेपालकै लागि काम गर्दै आएको जिकिर समेत गर्नु भयो । सिंहले विदेशी शक्तिहरु पनि नेपालमा चुनाव होस भन्ने पक्षमा रहेकाले आगामी मंसिरभित्रै जुन सुकै हालतमा पनि संविधानसभाको चुनाव हुने दाबी गर्नु भयो ।
काँग्रेस नेता सिंहले भारत , अमेरीका , चीन र यूरोपियन युनियन नेपालमा छिटटै चुनाव होस भन्ने पक्षमा रहेकाले मंसिरको पहिलो साता चुनाव भएर छाडने दाबी गर्नु भयो । निर्वाचनबाट नै मुलुकका सबै समस्या सामाधान हुने भएकाले चुनावमा सहभागी नहुने दलहरुको भूमीका आफै समाप्त भएर जाने चेतावनी समेत दिनु भयो । अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति जायज भएको भन्दै सिंहले यसको विरोध गर्नुको कुनै तुक नरहेको पनि बताउनु भयो ।
0 comments
Write Down Your Responses