युबतिहरुलाई टाढै बाट हेरेर मज्जा लिन्छु - राजेश हमाल

उमेर छिप्पिदै गएपनि नायक राजेश हमालको जोश र जागर भने घटेको छैन । अझै पनि चलचित्रमा हमालले आफ्नो चर्चालाई सेलाउन दिएका छैनन् । पछिल्ला केही बर्षयता चलचित्रको पर्दामा हमाल झनै रोमान्टिक देखिन थालेका छन् । राजेश हमालले केही चलचित्रमा उत्तेजक बेडसिन र चुम्बन समेत दिएका छन् । उनै नायक हमाल सोमबार बेलुकी आफैले अभिनय गरेको चलचित्र ‘किन किन’ हेर्दै गर्दाको समयमा भेटिए । चलचित्रमा हमालले नायिका अरुणिमा लामासँग खुलेरै उत्तेजक दृश्य दिएका छन् । सिनेमामा आफ्नै रोमान्टिक दृश्य हेर्दै गर्दा हमाल पनि मुडमा देखिएका थिए । उनले भने, ‘चलचित्रमा मैले अरुणिमा जी सँग उत्तेजक दृश्य दिएको देखिन्छ, तर मैले चुम्बन पनि गरेको छैन ।’ युवतीको बिषयमा हमालको वुझाई पनि फेरिन थालेको छ । उसो त मधु भट्टराइसँग प्रेमसम्बन्धमा रहेका हमाल युवतीको बिषयमा फरक मत राख्न थालेका छन् । हमालले भने, ‘वास्तवमा युवतीलाई टाढै बाट हेर्दा मझा आउँछ ।’ आखिर किन यस्तो लाग्यो त उनलाई भने, ‘जुन खालको सुन्दरता र उत्सुकता युवतीलाई हेर्दा हुन्छ, त्यो नजिक भएपछि हराउँछ ।’ त्यसो भए यही वुझाइका कारण अहिलेसम्म बिहे नगर्नु भएको हो त भन्ने अनलाइनखबरको प्रश्नमा हमालले भने, ‘बिहे भनेको त समयले जुराउने कुरा हो । तर मलाई युवतीलाई टाढै बाट हेर्दा रमाइलो लाग्छ’, उनले थपे । मुडमा देखिएका हमालले पछिल्लो समय आफूले चलचित्रमा केही हट दृश्य दिनुको रहस्य पनि खुलाए । कलाकार भैसकेपछि समय अनुसार चल्नु पर्छ । अहिले दर्शकले पनि चलचित्रमा नायक र नायिकालाई यस्तै रुपमा देख्न चाहन्छन् । उनले आफ्ने भूमिका मात्र परिवर्तन भएको भन्दै पर्दा बाहिरको राजेश हमाल परिवर्तित नभएको खुलाए । केही समयमै भारत भ्रमणमा जान लागेका राजेश हमाललाई आफू झनै जवान हुँदै गएको भान हुन थालेको छ । जवान हुनुको कारणबारे हमालले रमाइलो शैलीमा भने, ‘बल्ल त जवानी चढ्न थालेको छ ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.