गुरूकुलका गुरु बेपत्ता
झापा- दमक-१६ स्थित भट्टराई कुलवंश प्रतिष्ठानमा सञ्चालित गुरुकुल विद्यालयका सहायक गुरू विमल भट्टराई तीन दिनदेखि बेपत्ता भएका छन्। गुरूकुलमा अध्ययनरत २९ जना विद्यार्थीलाई घर पठाएर बिना जानकारी उनी बेपत्ता भएका हुन्। प्रतिष्ठानले पूर्व जानकारीबिना शिक्षक भट्टराई बेपत्ता भएको जनाएको छ।
प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले उनी नियम विपरीत हिँडेको बताए। भट्टराईको वेपत्ताको कारण थाहा हुन सकेको छैन। सो घटनापछि गुरूकुलको दैनिक पठनपाठन प्रभावित हुन पुगेको छ। प्रतिष्ठानले बेपत्ता भएका भट्टराइविरुद्ध दमक प्रहरीमा उजुरी दर्ता गराएको छ।
0 comments
Write Down Your Responses