फर्जी भर्ना गराउँदाको चेक 'बाउन्स' भयो, क्याम्पसमा तालाबन्दी
लहान - चेकमार्फत् भएको भर्ना खारेज गर्न माग गर्दै अनेरास्ववियू सहितका पाँच विद्यार्थी संगठनले लहानस्थित जेएसमुरारका क्याम्पसमा तालाबन्दी गरेका छन्। नेविसंघ समर्थक ७६ जना युवाहरुलाई चेकमार्फत नेपाली कांग्रेसका नगरस्तीय नेताले भर्ना गराएको तथ्य भेटिएपछि अनेरास्ववीयू सहितका विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका हुन्।
अनेरास्ववीयूका जिल्ला सचिव सुमेश यादवका अनुसार, १३ गते क्याम्पसका लेखापाल शंकरलाल कर्णले १ लाख १० हजारको चेक साट्न लहानस्थित ग्लोबल बैंकमा पुग्दा चेकमार्फत एकमुस्ट भर्नाको तथ्य बाहिर आएको हो। कांग्रेसका महेशप्रसाद चौधरीले विद्यार्थी भर्ना वापतको रकमको चेक क्याम्पसको नाममा काटेका थिए। तर उनको १६०७०१००००७४२ नम्बरको खातामा चेकमा उल्लेख गरिएको रकम नै नभएपछि क्यासियर ओमप्रकाश महतोले चेक फर्काएका थिए।
अनेरास्ववीयूका पूर्व केन्द्रिय सदस्य अशोक यादवले भने,' रकम नै नभएको खाताको चेक काटेर गलत कार्य गर्नेमाथि कारबाही हुनुपर्छ। ७६ वटा विद्यार्थीको भर्ना रकमको चेक नै बाउन्स भैसकेपछि उक्त भर्न खारेज हुनुपर्छ उनको भनाइ छ ।
अनेरास्ववीयु, अनेरास्ववीयु क्रान्तिकारी, विद्यार्थी फ्रन्ट, मधेशी विद्यार्थी फोरम नेपाल, मधेशी विद्यार्थी फोरम लोकतान्त्रीक लगायतका विद्यार्थी सँगठनले फर्जी विद्यार्थीको नामाँकन खारेजीको माँग गरेका छन्। एकमुस्ट चेकमार्फत भर्ना गराएका ७६ जना विद्यार्थीको भर्नाबापतको १ लाख १० हजार रकमको चेक साट्न जाँदा खातामा रकम थिएन् ।
|
0 comments
Write Down Your Responses