श्रीसन्तलाई तिहाड जेल पठाइयो

आईपीएलमा स्पोट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर श्रीसन्तलाई चार दिन न्यायिक हिरासतका लागि दिल्लीको तिहाड जेल पठाइएको छ । यसअघि सोधपुछका लागि दिल्ली पुलिसले हिरासतमा राखेको थियो । दिल्लीस्थित साकेतको उक अदालतले दिल्ली पुलिसको हिरासतको माग अस्वीकार गरेको छ । दिल्ली
पुलिसले थप २ दिन श्रीसन्तलाई प्रहरी हिरासतमा राख्न माग गरेको थियो । अब श्रीसन्त ४ जूनसम्म तिहाड जेलमा रहनेछन् र त्यही दिन उनको जमानतको मागको सुनुवाई हुनेछ । स्पोट फिक्सिङको आरोपमा श्रीसन्तसँग राजस्थान रोयल्सका अंकित चाव्हाण र अजित अन्डिला पक्राउ गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.