जागिर गुमाउनेहरुको छुट्टै पार्टी

काठमाडौं- नेपालमा चलेको १० वर्षे जनयुद्धबाट प्रभावित भई जागिर गुमाएका प्रहरी तथा सेनाका जवानले गरेको पाँच वर्षसम्मको सङ्घर्षपछि पनि उनीहरुलाई पुनःबहाली गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै अन्ततः उनीहरुले एउटा राजनीतिक दल खोलेर देशमा राजनीति गर्ने निर्णय गरेका छन्। रिपोर्टर्स क्लबमा आज आयोजित पार्टी घोषणा कार्यक्रममा नेपाल राष्ट्र सेवा दलका संयोजक सूर्यबहादुर घिमिरेले आफ्नो नयाँ पार्टी घोषणा गर्दै राजनीतिक दलहरुले आफूहरुलाई पुनःवहाली गर्ने आश्वासन मात्र दिएर ढाँट्ने काम गरेकाले बाध्य भएर नयाँ राजनीतिक दल खोलेको जानकारी दिए।
उनले पार्टीले पूर्व प्रहरी र सेनाको आवाज सडक र सदनमा उठाउने पनि बताए। सशस्त्रद्वन्द्वका क्रममा सेना र प्रहरीका ४६ हजार ४९० राष्ट्र सेवकले जागिर गुमाएको र उनीहरुको आश्रित परिवार सङ्ख्या पाँच लाख ६० हजारभन्दा बढी रहेको जानकारी घिमिरेले दिए।
विसं २०६३ देखि पूर्व सेना र प्रहरीले पुनवहालीको माग राखी आन्दोलन गर्दै आएकामा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले आफ्नो भान्जी अम्बिका खरेलसहित आफन्तलाई मात्र पुनःबहाली गरेको जानकारी पूर्व प्रहरी नायब महानिरीक्षक पे्रमबहादुर विष्टले दिए।
उनले द्वन्द्वका पीडा बोकेर पूर्व सुरक्षाकर्मी बाँच्न बाध्य भएको र ती समयमा नेतृत्व गरेका पूर्व प्रधानमन्त्रीहरुलाई अवगत गराउँदा बेवास्ता गरेको बताए।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.