बन्दको माइकिङ गर्ने परिषद्का तीन कार्यकर्ता प्रहरी नियन्त्रणमा


भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला


इलाम, वैशाख – आमहड्ताललाई सहयोग गर्न आग्रहका साथ माइकिङ गर्दै हिँडेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्धसंघीय लिम्बुवान राज्य परिषद्का पाँच कार्यकर्तालाई प्रहरीले सदरमुकामबाट आज दिउँसो नियन्त्रणमा लिएको छ। इलाम बसपार्कमा बन्दलाई प्रभावकारी बनाउन भन्दै माइकिङ गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका परिषद्का जिल्ला उपाध्यक्ष पहलमान सुब्बा, कार्यकर्ताहरु चन्द्र लिम्बू र भीम एक्तेनलाई नियन्त्रणमै राखेर अरु दुई विद्यार्थीलाई भने छाडिएको प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले बताए। इलाम उद्योग वाणिज्य संघ, होटल एशोसिएसन, पूर्वेली ट्याक्सी व्यवसायी संघ, पूर्वेली मजदुर संघ, बिल्याँटे बजार व्यवस्थापन समिति र पूर्वेली ट्याक्सी व्यवसायी संघ उपसमिति बरबोटेले आइतबार संयुक्त प्रेश विज्ञप्ती प्रकाशित गरी बन्दले सर्वसाधारण तथा व्यवसायीलाई प्रत्यक्ष असर परेकाले बन्द फिर्ता लिन आग्रह गरेका छन्। बन्दले जनजीवन प्रभावित भएपछि प्रहरीले बजार खुलाउने प्रयास गरेको थियो। बन्दले मेची राजमार्गमा अलपत्र परेका यात्रुलाई स्कर्टिङ्ग गरी गन्तव्यमा पुर्याउन सहयोग गरेको प्रहरीले बताएको छ।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.