प्रचण्डको चन्दा अभियान, चुनावकै बाधक !
१९ जेठ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई देशको एकमात्र ‘शक्तिकेन्द्र’ का रुपमा प्रस्तुत गर्दै ठूला व्यपारीबाट चन्दा असुल्न थालेपछि मुलुक चुनावी वातावरणतर्फ जान नसक्ने अवस्था सिर्जना भएको छ । सतहमा देखिजस्तो अहिले संविधानसभा सदस्य संख्या, थ्रेस होल्ड, उम्मेदवारको सम्पत्ति विवरण र फौजदारी अभियोग लागेकाले उम्मेदवार हुन पाउने वा नपाउने भन्ने विषयले चुनावी वातावरण विगारेको होइन । तर कांग्रेस र एमालेका ‘चन्दाका मुहान’ सुकाउने गरी आक्रामक चन्दा अभियान सुरु गरेपछि अन्य प्रमुख राजनीतिक दल संशकित बन्न थालेको अन्नपूर्ण पोष्टमा खबर छ । दाहाल गत महिना दुई छिमेकी चीन र भारतको भ्रमण सकेर फर्किएपछि उनले उद्योगी तथा व्यवसायीसँग आफूलाई एकमात्र शक्तिकेन्द्रका रुपमा प्रस्तुत गर्न थालेका छन् । उनको यो व्यवहारबाट कांग्रेस र एमालेमा थप संशय पैदा भएको छ । चुनावको संघारमा दाहाललाई भ्रमणमा बोलाएर यो रुपमा प्रस्तुत हुन मौका भारत र चीनले दिएको बुझाई दलहरुको छ । चुनावी सरकार गठनसँगै दाहाल चीन र भारत भ्रमणमा निस्किएका थिए । दाहालले चुनावका लागि व्यापारीबाट चन्दा संकलन गर्न थालिसकेको स्रोतले बतायो । तर डरका कारण व्यापारीले सार्वजनिक गर्न चाहेका छैनन् । दाहाल यो अभियान आफ्ना व्यवसायीक साझेदारका रुपमा चिनिएका एक व्यापारीसँग समन्वय गर्दै अघि बढाएको जानकारी काठमाण्र्डौ स्थित अन्र्तराष्ट्रिय समुदायले जानकारी पाइसकेका छन् । यता सरकारले पनि एमाओवादीलाई सहयोग पुर्याउने गरी काम गरिरहेको महसुस कांग्रेस र एमालेका नेताले गरेका छन् ।
0 comments
Write Down Your Responses