के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?
आज मिति २०७० असार ७ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रपत्रिकाले दार्चुलालाई संगटग्रस्त घोषणा गरेको र पुर्ननिर्माण गर्न ५० करोड भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकले साउदीमा नेपालीले रुखमुनी रात काट्दै गरेको खबरलाई मुख्य रुपमा छापेका छ । त्यस्तै नागरिक दैनिकले कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने खबर मुख्य रुपमा छापेको छ । साना दलले राखेका विभिन्न माग सहितको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ । एमाओवादीले चन्दा अभियान चलाएको खबर अन्नपूर्ण पोष्ट दैनिकले प्राथमिकताका साथ छापेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
|

भिडियोको लागी तल क्लिक गर्नुहोला
|

0 comments
Write Down Your Responses