सय प्रेमी जोडीले चुम्वन गरि सरकारको विरोध

टर्कीको राजधानी अकारानजिक प्रशासनको एक निर्णयको विरोधमा सय प्रेमी जोडीले चुम्वन गरेका छन् । उनहरूले प्रशासनद्वारा सार्वजनिक स्थलमा चुम्बनमाथि लगाइएको प्रतिबन्धको विरोध गरेका हुन् । कडा विरोधस्वरूप राजधानी नजिकैको सब–वेमा उनीहरूले प्रदर्शन गरेका थिए ।
अधिकारीहरूले गत साता सार्वजनिक स्थलमा चुम्बन नगर्न र मर्यादित व्यवहार प्रदर्शन गर्न निर्देशिका जारी गरेका थिए । यसपछि सुरक्षा क्यामेरामा चम्बन गर्दै गरेको फेला परेका जोडीहरूलाई कारबाही गरिएको थियो । नियमित रूपले सब–वे पार गर्ने जोडीलाई यो नियमप्रति आपत्ति छ । प्रमको अभिव्यक्तिमाथि रोक लगाउन नहुने उनीहरूको तर्क छ । प्रेमपूर्वक अँगाले मार्दा र चुम्वन साटासाट गर्दा मर्यादा भंग नहुने उनीहरू बताउँछन् । यस नियमको आडमा जोडीलाई हैरान गर्न नहुने उनीहरूको अडान छ । कारबाहीविरुद्ध सब–वेमा भेला भएर आठमा ओठ जोडेर चुम्बन गरिरहेका जोडीहरूलाई हेर्न ठूलो संख्यामा उत्साहित र उत्सुक स्थानीयको भीड लागेको थियो । स्थानीयहरूले ताली बजाएर जोडीलाई प्रोत्सहित गरेका थिए । केही स्थानीयले हातमा फ्री हग (स्वतन्त्र अंकमाल) पोस्टर पनि वोकेका थिए । सब–वे बाहिर तुलनात्मक रूपमा थोरै संख्यामा मात्र २० जना मुस्लिम कट्टरपन्थी र विभिन्न सरकारी एवं गैरसकारी संस्थाद्वारा प्रचारित पेसेवर महिला अधिकारकर्मीहरूले जोडीहरूको विरोध गरेका थिए । तलबी अधिकारकर्मी र जोडीबीच झडप हुन नदिनलाई त्याहाँ भारी संख्यामा प्रहरीको उपस्थिति थियो
भिडियोको लागी तल क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.