ठुलो स्तनले सेक्समा बाधा, प्रेमी मर्ने डर

धेरै ठुलो वक्ष भएकी क्लेयर स्मेडलीलाई डर छ कि आफ्नो ४० एमएमको वक्ष प्राणघातक हतियारमा बदलिन सक्छ । एक पटक जब सेक्सका क्रममा उनले आफ्नो प्रेमी मार्कलाई खिचिइन् तब मार्क स्वास रोकिएर झण्डै बितेका थिए। उनलाई डर छ यस्तो घटना फेरि पनि हुन सक्छ ।
उनको वक्षस्थल बेलायतकै सबैभन्दा ठुलो मानिएको छ । र, उनको एक वक्षको वजन मात्र १५ किलोग्रामभन्दा बढीको छ । तीन बच्चाकी आमा ३० वर्षीया क्लेयरका अनुसार जब उनको अन्तिम प्रेमी मार्क मर्दामर्दै बाँचे त उनले प्रेम सम्बन्ध नै अन्त्य गरिदिए ।
मार्क त उनीसँग यौन सम्बन्ध कायम गर्न यति धेरै डराए कि क्लेयरसँग भेटघाटसमेत नगर्ने कसम खाए । यद्यपि क्लेयर अहिले पूर्व पति क्रिस विलग्रुजसँग छिन् । क्लेयरलाई अझै डर छ कि यौन क्रियाका क्रममा क्रिस पनि कतै मर्ने त होइनन् ?
तैपनि क्लेयरले यस्तो घटना हुन नदिन एउटा उपाय सुझाएकी छन् । जति बेला पनि क्रिसलाई असहज लाग्छ तब क्लेयरको खुट्टामा थपथपाउछन् र क्लेयरले आफ्नो बन्धन खुकुलो पारिदिन्छिन् ।
डर्बीमा बसोबास गर्ने क्लेयरको यो स्थितिका लागि उनको शरीरमा उच्च एस्ट्रोजनको स्तर हुनु आवश्यक छ । यसका कारण उनले प्रतिदिन कम्तीमा पनि पाँच पटक सेक्स गर्नु पर्दछ । र, यसका साथै उनको वक्ष अझै बढ्ने क्रम जारी छ । लगातार बढिरहेको आफ्नो वक्षकाबारेमा उनले डाक्टरसँग पनि सल्लाह लिइन् । तर, डाक्टरहरुले न त यसको कारण बताए न उपचार नै गर्न सके ।
जब क्लेयर ११ वर्षकी थिइन् त उनलाई थाहा भयो कि उनको वक्ष अन्य युवतीको तुलनामा धेरै ठुलो हुँदैछ । त्यहिबेला उनको वक्षको साइज ठुलो थियो । स्कुलमा पनि उनका साथीहरुले वक्ष ठुलो भएकै कारण ब्राको हुक खोलेर दिक्क लगाउथे । केटाहरु उनलाई हेर्न लाइन लाग्थे ।
जब उनी १२ वर्षकी भइन् त उनको वक्षस्थलको साइज डीडी कप भयो । सबै सोच्थे कि उनको उमेर निकै भइसकेको छ । जबकि उनी मात्र १२ वर्षकी थिइन् । बस चालकले पनि उनीसँग ठुला यात्रुसरह नै भाडा लिन्थे । जब उनी १८ वर्षकी भइन् तब उनको ब्राको साइज जे कप भयो जुन सुरुवाती आकारभन्दा ६ गुना बढी थियो ।
उनलाई चिन्ता छ कि यदि यो यसरी नै बढिरह्यो भने के होला ? जब उनको प्रेमी मार्क मर्दामर्दै बाँचेका थिए उनको स्तनको भार एलएल ४० थियो । त्यतिबेला उनको एक स्तनको वजन ६ किलो चार सय ग्रामको थियो । तर, उनको असाधारण ढंगले बढेको स्तन कमाइको माध्यम बनेको छ।
उनले एक वेभसाइटबाट प्रत्येक टपलेस तस्वीरका लागि १५० पाउण्ड पाउछिन् । उनले वेभसाइटलाई दश टपलेस तस्वीर दिएकी थिइन् । उनका अनुसार उनको यो वक्षको जर्मनी मात्र होइन सिंगो युरोपमा भारी माग भइरहेको छ । त्यसैले उनी युरोप र जर्मनी गएर केही पैसा कमाउन चाहन्छिन् ।
तर, उनको आफ्नै समस्या पनि छन् । उनका अनुसार यति ठुलो स्तन, जसमा एउटै १५ किलोको छ, वक्षको देखभाल गर्न सजिलो छैन । उनका अनुसार सारा समय पिठमा दुख्ने गर्दछ ।
यति मात्र होइन, उनी ससाना वस्तु जस्तो कि जुत्ताको तुना बाँध्न वा बच्चालाई समाउन पनि सक्दिनन् । उनको अर्को समस्या उनलाई मिल्ने नापको ब्रासमेत बजारमा पाइँदैन । एउटै ब्रा बनाउन उनले २०० पाउण्ड खर्च गर्नुपर्छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.