नसीरले दिए सन्नीलाई टिप्स
वरिष्ठ अभिनेता अझ त्यसमा पनि नसीरुद्दीन जस्तो अभिनेतासँग काम गर्न पाउनु आफ्नो सबैभन्दा ठूलो सपना पूरा हुनु जस्तै रहेको सन्नीको भनाइ छ । स्मरण रहोस् यो फिल्ममा सन्नीले नसीरको पिए को भूमिका निर्वाह गरेकी छिन् । नसीर निकै कूल मान्छे रहेको र उनले दिने गरेका सल्लाह निकै राम्रा हुने गरेका सन्नीको अनुभव छ । नसीरसँग काम गर्दा आफुलाई मज्जा आएको सन्नी बताउँछिन् । फिल्म ज्याकपट केजद गुस्तादले निर्देशन गरेका छन् । यो फिल्ममा सन्नी मात्र नभएर उनका पति ड्यानियल वेबरले पनि अभिनय गरेका छन् । यो फिल्ममा सन्नीले यस्तो केटीको भूमिका निर्वाह गरेकी छिन् जसले विभिन्न समयमा विभिन्न केटासँग रोमान्स गर्छे । 

0 comments
Write Down Your Responses