भ्यागुताको दाम ३० रुपैयाँ !
२७ जेठ, विराटनगर । विराटनगरमा विज्ञान 
पढाइ हुने क्याम्पसका प्रयोगशाला गत बर्ष भ्यागुतो अभावमा प्रभावित भए । 
तीन चारजना विद्यार्थीले एउटै भ्यागुतो चिरफार गर्नुपर्यो । नियमअनुसार एक
 विद्यार्थीले बर्षभरिमा ६ वटा भ्यागुतो अनिवार्य रुपमा चिरफार गर्नुपर्छ ।
 तर विगत केही बर्षयता तराईका जिल्लामा भ्यागुतो अभाव हुन थालेपछि यसको 
मुल्य आकासिएको छ ।
अब
 तपाईलाई अचम्म लाग्न सक्छ, पहिले वर्षायाममा आफ्नै आँगनवरिपरि पाइने 
भ्यागुतोको दाम कति होला ? यस विषयमा तराईका क्याम्पसमा लामो समयदेखि 
अध्यापन गराउँदै आएका प्राध्यापकको आआफ्नै अनुभव होला । तर एउटा भ्यागुतोको
 अधिकतम मूल्य ३० रुपैयाँ पुगेकोमा पनि उनीहरु सबैको सहमति छ ।
‘भ्यागुतो नै पाइदैन,’ शिक्षादीप कलेजका 
प्राध्यापक सोमप्रसाद निरौला भन्छन्, ‘पहिले १० रुपैयाँमा पाइने भ्यागुतोको
 मूल्य अहिले ३० पुगेको छ ।’ पाँच सय विद्यार्थी विज्ञान विषय अध्ययनरत 
उक्त कलेजमा एउटै भ्यागुतो तीनचारजनाले चिरफार गरेर परीक्षण गर्नुपर्ने 
अवस्था छ । धेरै जनाले एउटै भ्यागुतो परीक्षण गर्नुपर्दा अंगप्रत्यंगबारे 
अध्ययन गर्न गाह्रो परेको विद्यार्थीको गुनासो रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
विज्ञानशास्त्रका ज्ञाताका अनुसार बढ्दो 
सहरीकरणसँगै विराटनगरमा भ्यागुतो लोप हुन थालेको छ । पोखरी तथा जलाशय 
प्लटिङ गरेर बिक्रीवितरण हुन थालेपछि भ्यागुतोको प्राकृतिक वासस्थान विनास 
हुँदै गएको उनीहरुको बुझाइ छ ।
| 
 |  


0 comments
Write Down Your Responses