इङ्ल्याण्डलाई हराउदै च्याम्पियन्स ट्रफीको उपाधि भारतले जित्यो !
१० असार, काठमाडौं । आयोजक राष्ट्र इङ्ल्याण्डलाई पराजित गर्दै च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा इङ्ल्याण्डलाई ५ रनले पराजित गर्दै भारतले उपाधि उचालेको हो । जितसँगै भारतीय कप्तान महेन्द्र सिंह धोनी टी–२० र ५० ओभरको विश्वकप र च्याम्पियन्स ट्रफी जित्ने एक्ला कप्तान बनेका छन् ।
पटक–पटक बर्षा भएपछि ५० ओभरको एकदिवसीय म्याच ट्वान्टी–२० म्याच बनेको थियो । टसपछि लगातार ६ घण्टा वर्षा भएपछि खेललाई पहिलो २४ र पछि २० ओभरमा छोट्याइएको थियो ।
बर्मिङ्घममा टस हारेर पहिले व्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २९ रन बनायो । उसका लागि विराट कोहलीले ४३, रविन्द्र जडेजाले नटाउट ३३ तथा शिखर धवनले ३१ रन बनाए ।
जवाफी व्याटिङ थालेको इङ्ल्याण्डले २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय २४ रनमात्र बनाउन सक्यो । उसका लागि इयोन मोर्गानले ३३ , रवि बोपाराले ३० तथा जोनथान ट्रटले २० रनको योगदान दिएपनि हार टार्न सकेनन् । भारतका रविन्द्र जडेजा, आर अश्विन र इ शान्त शर्माले समान २–२ विकेट लिए ।
भारतका जडेजा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा धेरै विकेट लिएर उनले गोल्डेन बल समेत हात पारे । भारतकै शिखर धवन प्लेयर अफ दि सिरिज बने । सबैभन्दा धेरै रन बनाएका उनले गोल्डेन व्याट हात पारे ।

|
0 comments
Write Down Your Responses