कालीमाटी तरकारी बजार समितिको पुत्ला दहन

काठमाडौं - आगलागीबाट क्षतिग्रस्त भवन मर्मत तथा पुनःनिमार्णलाई सरकारले चासो नदिएको भन्दै कालीमाटी तरकारी बजार सङ्घर्ष समितिले बजार विकास समितिको पुत्ला दहन गरेको छ। समितिले यसअघिका सरकारलाई पटक पटक माग पूरा गर्न दबाब दिए पनि सुनुवाइ नभएको भन्दै यही जेठ ५ गतेदेखि आन्दोलन सुरु गरेको थियो। तरकारी बजारमा क्षतिग्रस्त भएका छाना र भित्ता मर्मत नहुँदा वर्षायाममा कारोबार पूरै प्रभावित भएकाले तत्काल पुनःनिर्माणको माग राख्दै पुत्ला दहन गरिएको सङ्घर्ष समितिका सदस्यसचिव रामकृष्ण धितालले बताए। उनउहाँले आफूहरुको माग पूरा नभए मङ्गलबार समितिको कामकारबाहीमा रोक लगाइने र बुधबार बजार नै बन्द गर्ने कार्यक्रम तय भएको जानकारी दिए। विसं २०६८ फागुनमा कालीमाटी थोक बजारको बहुउद्देश्यीय भवनमा आगलागी हुँदा ठूलो क्षति पुगेको थियो । भवन मर्मतसम्भार तथा व्यवसायीलाई क्षतिपूर्तिका लागि बारम्बार आग्रह गरिए पनि सरकारले कुनै चासो नदिएको व्यवसायीको गुनासो छ । "मर्मतका लागि विश्व बैंकले रु नौ करोड दिने तय भए पनि त्यसको व्यवस्थापन हुन सकेको छैन, यो मौन आन्दोलनको सुनुवाइ नभए कडा आन्दोलनमा उत्रिन्छौँ" सदस्यसचिव धितालले भने।

0 comments

Write Down Your Responses

Powered by Blogger.