दैनिक २ हजार १ सय ५८ टन खाद्यान्न नस्ट !
२२ जेठ, काठमाण्डौं । नेपालका सहरी क्षेत्रमा मात्र बर्सेनी भान्साबाट ५ लाख १२ हजार मेटि्रक टन फोहोर निस्कने गरेको छ । यस्तो फोहोरलाई खानयोग्य खाद्यान्नका रुपमा मानिन्छ ।
देशभरका ५८ नगरपालिकाबाट दैनिक १ हजार ४ सय ३९ र नगरबालिकाबाहेकका सहरबाट ७ सय २० टन गरी दैनिक २ हजार १ सय ५८ टन खाद्यान्न फोहोरका रुपमा निस्कने गरेको तथ्यांक छ । दैनिक प्रतिव्यक्ति औसत १ किलो खाना आवश्यक पर्छ । यसमा दाल, भात, मासु, दूध आदि समावेश हुन्छ ।
सहरी विकास मन्त्रालय अन्तर्गत फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले एसियाली विकास बैंकको आर्थिक सहयोगमा गरेको अनुसन्धानले यस्तो देखाएको कारोबार दैनिकमा खबरछ । सहरबाट निस्कने कुल फोहोरको ६६ प्रतिशत प्रांगरिक रहने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ग्रामिण क्षेत्रमा प्लास्टिकलगायत नगल्ने खालका फोहर बढी रहेको र सहरी क्षेत्रमा प्रांगरिक फोहोरको मात्रा धेरै रहेको केन्द्रले जनाएको छ ।

0 comments
Write Down Your Responses