मलेसियामा अलपत्र १९ जनाको उद्दार माग

काठमाडौं — वैदेशिक रोजगारीका लागि २ हप्तअघि मलेसिया पुगेका १९ जना नेपाली अलपत्र परेका छन्। नोभेटिभ सर्भिसेज र समाद ओभरसिजले जनही १ लाख ७० हजार रकम लिएर उनीहरुलाई मलेसिया पुर्‍याइ अलपत्र पारेकाले उद्दार गर्न परिवारजनले माग गरेका छन्।
५ दिन क्वालालम्पुर अध्यागमनमा लुटपाट र कुटपिटमा परेका उनीहरुलाई अहिले दुर्गम जंगलको ओडारमा पुर्‍याइएको दाबी आफन्तले गरे। पीडितका एकजना आफन्त ऋषि दवाडीकाअनुसार उनीहरुलाई ओडारबाट बाहिर निस्कन दिइएको छैन। चिसो ओडारमा राखिएका कारण हातखुट्टा र शरीर सन्निन थालेका छन्।

कार्यक्रममा इनोभेटिभ सर्भिसेज प्रालिले मलेसियामा अलपत्र परेका १९ जना नेपालीबाट प्रतिव्यक्ति १ लाख ७० का दरले रकम लिएको र समद ओभरसिज प्रालिले वैदेशिक रोजगार विभागबाट अन्तिम श्रमस्वीकृतिको कागजात मिलाइदिएको जानकारी दिइएको थियो। वैदेशिक रोजगार ऐन २०६४ ले एउटा कम्पनीले रकम असुल्ने र अर्को कम्पनीबाट श्रमस्वीकृति निकालेर वैदेशिक रोजगारीमा पठाउन निशेध गरेको छ। मलेसिया वैदेशिक रोजगारीमा पठाउँदा बढीमा ८० हजार रूपैयाँ मात्र लिन पाइन्छ।

इनोभेटिभका सञ्चालक हरि गुरुङ, समद ओभरसिजका सञ्चालक विवेक चालिसे र एजेन्ट टेकबहादुर अधिकारीले योजनाबद्ध किसिमले युवालाई जंगल पुर्‍याइएको पीडित पक्षले दाबी गरेको छ।

मलेसियामा अलपत्र पर्नेमा ज्ञान बहादुर कुँवर, रमेश भट्टराई ,सुब्बा राई, गोपी श्रेष्ठ, देव कुमार तामाङ, सुर्य बहादुर श्रेष्ठ, दुर्गाबहादुर महतो, झलक तामाङ, कमल खड्का, कमल दुवाडी, सन्तोष भुजेल, धिरेस भट्टराई, प्रकास वम्जन, दानमान नकर्मी, ज्ञान बहादुर थापा, रमेश दुवाडी, मायानाथ बाँस्कोटा, शिवराम थापा र सीताराम दुवाडी रहेका छन्।


पीडित परिवारजनले प्रहरी, श्रम विभाग, मलेसियाको दुतावास, वैदेशिक रोजगार विभागलाई लिखित आग्रह गरे पनि कुनै सुनवाई नभएको गुनासो गरे।

0 comments

Write Down Your Responses

Powered by Blogger.