४ लाख नेपाली ११ महिनामा बिदेसिए !

७ असार, काठमाण्डौं । चालू आर्थिक वर्षको ११ महिनामा काम खोज्दै ४ लाखभन्दा बढी नेपाली विदेसिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको जेठसम्ममा रोजगारीका लागि ४ लाख ४ हजार ३ सय ९० युवा बिदेसिएका छन् । यो संख्या गत आवको सोही अवधिको भन्दा करिब २७ प्रतिशत बढी हो । गत आवको जेठसम्ममा ३ लाख ५० हजार युवा विदेसिएका थिए । गत आवमा ३ लाख ८४ हजार युवा कामका लागि बिदेसिएका थिए ।

यस बर्ष जेठमा मात्र ४५ हजार ३ सय ८३ कामदार बिदेसिएका छन् । नेापलको श्रम बजारमा बर्सेनि ४ लाख युवा प्रवेश गरेको कारोबार दैनिकमा खबर छ ।

यो तथ्यांकले नेपालको आन्तरिक रोजगारी ज्यादै कमजोर हुँदै गएको भयाभह अवस्थालाई इंगित गर्ने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार समयमै बजेट नआएको तथा नयाँ उद्योग नथपिएकाले रोजगारीका लागि ठूलो संख्यामा नेपाली युवा विदेसिएका हुन् ।

विदेशबाट फर्किएका १ सय ९० थुनिए

लामो समयसम्म विदेशमा काम गरेर नेपाल फर्किएका नेपाली कामदार अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरी हिरासतमा पर्ने गरेका छन् । चालु आवको वैशाखयता मात्रै १ सय ९० कामदार पक्राउ परिसकेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा पासपोर्ट देखाएपछि कामदार घरमा नभएर थुनामा पर्ने गरेको अध्यागमन विभागले बताएको खबर सौर्य दैनिकले छापेको छ । वैशाखका ८५ जना, जेठमा ८२ जना र असारमा २० जना नेपाली कामदार समातिएका छन् । अध्यागमन विभागका अधिकृत देवर्षि सापकोटाले भने, ‘पाँच हजार जोगाउन अर्काको पासपोर्टमा आफ्नो फोटो राखेर विदेशको बाटो प्रयोग गरेर खाडी मुलुकमा गएका कामदार नेपाली बाटो भएर र्फकन्छन्, र्फकदा अध्यागमन विभागको पासपोर्ट रिडिङ मेसिनले परीक्षण गर्छ र गल्ती भेटेको खण्डमा अध्यागमन विभागले कारबाही गर्छ ।’
Sources : Onlinekhabar 

0 comments

Write Down Your Responses

Powered by Blogger.