पुस्तक विमोचनमा ‘उध्रेको चोली’
जेठ, काठमाडौं । पुस्तक विमोचनमा उध्रेको चोली ? सुन्दा अनौठो लाग्न सक्छ । तर, अनौठो नमाने हुन्छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं पुस्तक मेलाको समापनको दिन उध्रेको चोलीलगायतका गीतहरुको गुन्जनसँगै नयाँ पुस्ताका दश जना लेखकहरुको पहिलो प्रेमिल अनुभव समेटिएको पुस्तक ‘फस्ट लभ’ सार्वजनिक गरियो । हरेक पुस्तकको प्रचारमा केही नयाँपन दिँदै आएको फाइनपि्रन्टले इन्दिरा जोशी, धमेन्द्र सेवांग, हेमन्त राना र सुवानी मोक्तानलाई स्टेजमा उतारेर पुस्तक विमोचन गराउँदा भृकुटीमण्डपमा आइपुगेका पुस्तकप्रेमीहरुले अनौठो माने ।पुस्तक विमोचनपछि स्टेजमा आएका हेमन्त रानाले आफ्नो लोकपि्रय गीत लैजा ए…. लगायतका गीत सुनाए । त्यसपछि आएकी सुवानी मोक्तानले आमा कुन्ती मोक्तानको झल्को दिलाउँदै पहिलो माया यस्तै हो…. र थाहा छ…. गाइन् । जाँदाजाँदै उनले नेपाली लेखकहरुलाई प्रोत्साहन गरौं, नेपाली पुस्तक पढौं भनेर आफ्ना फ्यानहरुसँग आग्रह गरिन् ।

0 comments
Write Down Your Responses