चीनको गान्सु प्रान्तमा शक्तिशाली भुकम्प, २२ जनाको मृत्यु
७ साउन, काठमाण्डौं । चीनको उत्तर-पश्चिमी गान्सु प्रान्तमा गएको शक्तिशाली भुकम्पका कारण कम्तिमा २२ जनाको मृत्यु भएको छ । झण्डै ३ सय घाईते भएका छन् । मिशियान र जान्गशियान काउन्टीमा ५ दशमलव ९८ रिक्टर स्केलको भुकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भुकम्पमा परी कम्तिमा ५ हजार ६ सय घर पूर्ण रुपमा क्षेतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।
उद्धारका लागि सेना, अग्नि नियन्त्रक तथा तालिम प्राप्त कुकुर खटिएका छन् । चीनको सिचुअन प्रान्तमा सन् २००८ मा गएको भुकम्पमा परी ९० हजार सर्वसाधारणको मृत्यु भएको थियो ।
![]() |
0 comments
Write Down Your Responses