चोरी गर्दागर्दै प्रहरी जवान च्याप्पै

साउन, अछाम । अछामको सरमुकाम मंगलसेनमा चोरीको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । स्थायी घर दार्चुला भई बिगत ४/५ महिनादेखि मंगलसेन चौकीमा कार्यरत प्रहरी जवान अमर कुँवरले स्थानीय गोपाल थापाको घरमा चोरी गरेको हो ।

साउन ४ गते राति घरको कोठामा प्रहरी चोरी गर्दै गरेको अवस्थामा भेटिएपछि थापाले प्रहरीलाई खबर गरेका थिए । थापाका अनुसार पटक अरु समान र नगद पैसा समेत चोरी भएको पनि कुँवरले चोरेको शंका गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख श्याम प्रसाद पौडेलले घटनाका बिषयमा अनुसन्धान भइरहेको बताउनुभयो । चारी गरेको पुष्टि भए कुँवरलाई कडा रुपमा बिभागीय कारबाही गरिने उहाँको भनाई छ ।

-मनिषा अवस्थीको सहयोगमा

,

0 comments

Write Down Your Responses

Powered by Blogger.