मेटासिट खाएर एक बालिकाको मृत्यु, दुई बालक घाइते
ओखलढुंगा, असार ३० - यहाँको श्रीचौर ५ स्थित ओमप्रकाश कटुवालको घरमा खेल्ने क्रममा आइतबार झुक्किएर मेटासिट खाँदा एक बालिकाको मृत्यु भएको छ । दुई बालकको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मेटासिट खाएर मृत्यु हुनेमा वर्ष ५ की मेलिना पौडेल रहेकी छन् । अन्य दुईजना वर्ष ८ का शौरभ कटुवाल र वर्ष ४ का इन्द्र कटुवालको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses