बर्डफ्लु लागेर मरेका कुखुरा जताजतै, दुर्गन्ध बढ्दो

१४ साउन, काठमाण्डौं । व्यवसायीले मरेको कुखुरा जथाभावी फ्याँकेपछि भक्तपुरको नंखेल र सिपाडोल दुर्गन्धित बनेको छ । बर्डफ्लुको शंकामा व्यवसायीले जिउँदा हजारौ कुखुरा पनि रातारात बजारमा पठाएका छन् ।
प्रशासन र जिल्ला पशु सेवा कार्यलयलाई जानकारी नदिई व्यवसायीले मरेको कुखुरा मानववस्ती आसपास, अरनिको राजमार्ग दायाँबायाँ र एकान्त खोंचहरुमा फ्याँकेपछि दुगन्ध फैलिएको हो । मरेका कुखुरा परीक्षण गर्दा बर्डफ्लु भेटिएमा बाँकी बेच्न नपाइने डलरले व्यवसायीले आफूखुसी फालेको कान्तिपुर दैनिकमा खबर छ ।
‘जति मरेको हो, त्यसलाई गाडिसक्यौं, जिउँदो रहेका कुखुरा बिक्री गरिहेका छौं,’ सिपाडोल, जगाते र नंखेलमा गरी पाँचभन्दा बढी कुखुरा र्फक रहेको जीजे पोल्ट्री र्फमका सञ्चालक बलराम किसीले भने, ‘शनिबार पनि एक ट्रक बेचेँ ।’ उनले एक ट्रक मात्र बिक्री गरेको बताए पनि रोग लागेका र्फमहरुमा हजारौं कुखुरा रातभर गाडीहरुमा खोसारेर बेचिएको स्थानीयले बताएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.