भारतबाट नेपाली सेनालाई अर्बौको हतियार भित्रिँदै

सेना समायोजनपछि हतियार ल्याउने बाटो खुल्यो

रोशन खड्का

२८ असार, काठमाडौं । भारतले नेपालका लागि विगतमा रोकिएको सैन्य सहयोग पुनः सुचारु गर्ने भएको छ । आठ वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भारतले नेपाली सेनालाई दिँदै आएको सैनिक सहयोग रोकेको थियो । भारतीय न्युज ऐजेन्सी इण्डो एसियनकाअनुसार नेपाली सेनाले तत्काल एक अर्ब ७६ करौड रुपैया बरावरको हतियार खरिदका लागी प्रक्रिया थालेको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार विदेशमन्त्री सलमान खुर्सिदको नेपाल भ्रमणपछि भारतले घातक र गैरघातक हतियारका साथै अन्य सैनिक सामाग्री आउँदो भदौभित्र सुचारु गर्ने निर्णयमा भारत पुगेको हो ।
माओवादी र सात राजनितिक दलको विचमा भएको शान्ति सम्झौतामा पनि शान्ति प्रक्रिया नसकिएसम्म सेना तथा माओवादीले हतियार खरिद नगर्ने सहमति भएपछि लोकतन्त्रपछि सेनालाई भारतले दिँदै आएको सैनिक सहयोग आउन सकेको थिएन ।
तर, माओवादी लडाकुको समायोजन प्रक्रिया सकिनेवित्तिकै सेना समायोजन विशेष समितिले नेपाली सेनालाई चाहिने सैन्य सामाग्री लिन सक्ने भन्दै सेनालाई हतियार खरिद गर्ने बाटो खोलेको छ ।
विशेष समितिको निर्णयसंगै मन्त्रिपरिषदको बैठकले पनि नेपाली सेनालाई चाहिने आवश्यक हतियार,गोला बारुद्ध र विस्फोटक पदार्थ खरिद गर्न स्वीकृती दिइसकेको छ ।
स्रोतकाअनुसार सरकार र विशेष समितिले सेनालाई आवश्यक हतियार तथा बन्दोवस्तीसहित खरिद गर्न स्वीकृति दिएपछि सेनाले सरकारमार्फत वारुद, २४ हजार १ सय ६६ गोली ,८१ र ५१ एमएम मोर्टारका साथै डेटोनेटर, सुरक्षा फयुज र सैन्य हार्डवेयर खरिद गर्ने निर्णय गरेको थियो ।
यसअघि, नेपाल र भारतवीच बैङ्गलोरमा भएको विदेश मन्त्रालयको १० आंै सहसचिव स्तरीय बैठकमा भारतले नेपाललाई ७० प्रतिशत अनुदान दिने र ३० प्रतिशत नेपाल आफैले व्येहोर्नेगरी सैन्य सहयोग उपलव्ध गराउने सहमति भएको थियो ।
नेपाल भारतवीच द्वीपक्षीय समझदारीपछि नेपाल सरकारले सहयोगको सुची भारत सरकारलाई पठाइसकेको छ । सेनाले सरकारमार्फत पठाएको प्रस्तावमा सैन्य शिक्षा आदान प्रदान,संयुक्त अभ्यास र सैन्य उपकरण आपुर्ती गर्ने लगायत छ ।
रक्षामन्त्रालयका प्रवक्ता द्वारिका आर्चायले भारतले सैन्य सहयोग दिन लागेकोबारे आफुलाई जानकारी नभएको बताउनुभयो । ँतत्काल सुचारु गर्न लागेकोबारे मलाई आधिकारिक जानकारी छैन, तर यसअघि नै हतियार खरिद गर्ने विषयमा भने सहमति भइसकेको छ ।’ उनले भने ।
भारत र नेपालविच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धीअनुसार नेपालले भारतबाट हतियार खरिद गर्दै आएको छ । मैत्री सन्धी अनुसार नेपालले अन्य देशवाट हतियार आपुर्ती गर्न भारतको सहमति आवश्यक पर्ने उसले दाबी गर्दै आएको छ ।

भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.