रियल मड्रिड विश्वकै धनी क्लब

 काठमाडौं । स्पेनिस जाइन्ट रियल मड्रिड सबैभन्दा धनी स्पोट्र्स क्लब बनेको छ । फोब्र्सले जारी गरेको वल्र्ड मोस्ट भ्यालुएबल स्पोट्स टिमको सूचीमा रियल मड्रिड म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै सबैभन्दा धनी क्लब बनेको हो ।

३२ पटक ला लिगा र ९ पटक च्याम्पियन्स लिगको उपाधि उचालेको रियल मड्रिडको सम्पत्ति ३.३ बिलियन डलर छ । पछिल्लो २० वर्षमा रुल, रोनाल्डो, डेभिड वेकह्याम, जिनेदान जिदान र क्रिष्टियानो रोनाल्डो जस्ता सुपरस्टारले रियल मड्रिडबाट फुटबल खेले ।

अघिल्लो वर्ष पहिलो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड ३.१७ बिलियन डलरसहित दोस्रो स्थानमा छ । गत वर्ष आठौं स्थानमा रहेको स्पेनिस क्याटलन बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । उसको हालको सम्पत्ति २.६ बिलियन डलर मूल्यांकन गरिएको छ । चौथो स्थानमा अमेरिकन बेसबल टिम न्यूयोर्क यानकेस छ । १.३३ बिलियन डलर सम्पत्ति मूल्यांकन भएको आर्सनल दशौं स्थानमा रहेको छ ।
हेरौ  बिश्वका सबैभन्दा धनी १० क्लबहरु

,

0 comments

Write Down Your Responses

Powered by Blogger.