समाज,
स्वास्थ्य
»
६३ बर्षे बृद्धले आफ्नै छोरी बलात्कार गरे
६३ बर्षे बृद्धले आफ्नै छोरी बलात्कार गरे
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
पात्लेखेत- ८ का ६३ बर्षे एक बृद्धले डर धम्की देखाई आफ्नै ४० वर्षीया छोरीलाई बलात्कार गरेका छन । पीडितले प्रहरी कार्यालयमा शुक्रवार उजुरी दिएपछि छोरी बलात्कार गर्ने ती ६३ बर्षे बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका लागि पीडक र पीडित दुवै जनाको स्वास्थ्य जाँच गर्न पठाइएको प्रहरीले जनाएको छ । पीडित महिलाले उजुरीमा उल्लेख गरे अनुसार चैत्र १० गते राति ११ बजे आफ्नै बाबुले मादक पदार्थ सेवन गरी डर धम्की दिई जवरजस्ती करणी गरेका थिए । बलात्कृत छोरीले घटनाको ६ दिनपछि मात्रै प्रहरीमा पीडकलाई कारवाहीको माग गदै उजुरी दिएकी थिइन् । ‘पीडितको उजुरीका आधारमा बाबुलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत बहादुर कार्कीले भने, ‘अनुसन्धान सकिएपछि दोषी माथि मुद्धा चलाई कारवाही प्रक्रिया अगाडी बढाइने छ ।’ घरमा छोरी र बाबु मात्रै बस्दै आएका थिए ।
0 comments
Write Down Your Responses