नेपाल दक्षिण कोरियाको पाँचौ स्रोत मुलुक


३ असार, काठमाण्डौं । सन् २०१३ को पाँच महिनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया काम गर्न जाने १५ मुलुकमध्ये नेपाल पाँचौ स्थानमा परेको छ ।

सन् २०१३ को मेसम्म दक्षिण कोरियाका रोजगारदाताले २ हजार ८ सय ४ नेपाली कामदारलाई श्रम सम्झौता दिइसकेका छन् । कोरियाको मानव संसाधन विकास (एचआरडी) ईपीएस सेन्टर नेपालका अनुसार यस अवधिमा ५ हजार ६ सय २८ कम्बोडियाका कामदारलाई श्रम सम्झौता दिइएको कारोबार दैनिकमा खबर छ ।

इन्डोनेसिया, थाइल्यान्ड र फिलिपिन्स क्रमशः ५ हजार २ सय ६६, ४ हजार ३ सय ५०, ३ हजार ११ कामदारसहित दोस्रो तेस्रो र चौथो स्थानमा छन् । श्रम सम्झौता कोरियाको रोजगारदताले कामदारलाई योग्य ठहर गरेपछि दिएको करारपत्र हो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.