एमालेमा केन्द्रीय सदस्य मनोनयनका विषयमा छलफल
१४ साउन, काठमाण्डौं । नेकपा एमालेले केन्द्रीय सदस्य मनोनयनका विषयमा आज पनि छलफल गर्ने भएको छ । आज बस्ने केन्द्रीय सचिवालयको बैठकमा एमालेले केन्द्रीय सदस्यको मनोनयन, जिम्मेवारी विभाजन र चुनावी अभियानका विषयमा छलफल हुनेछ । पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा पार्टी आन्तरिक विषय सहित संविधानसभा चुनाव र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । केन्द्रीय सदस्य मनोनयनका विषयमा भएको छलफलका क्रममा विवाद भएपछि स्थगित भएको केन्द्रीय समिति अन्यौलमा रहेपछि आज केन्द्रीय सचिवालयको बैठक बसेर विवाद मिलाउन प्रयास गर्ने एमालेको तयारी छ । साथै बैठकमा एमालेको चुनावी घोषणपत्रको तयारीका विषयमा पछि छलफल हुनेछ ।
0 comments
Write Down Your Responses