चुनाव बिथोल्न ३३ दलले २-२ हजार उठाउने

काठमाडौं— संविधानसभा चुनावविरुद्ध संघर्षरत ३३ दलीय मोर्चाले निर्वाचन विरोधी गतिविधिलाई अझ सशक्त बनाउने भएका छन्। नेकपा-माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकले चुनाव विरोधी क्रियाकलापका लागि प्रत्येक घटकबाट २-२ हजार रुपैयाँ संकलन गर्ने निर्णय पनि गरेको छ।

बैठकपछि मोर्चाका तर्फबाट नेता देव गुरुङले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'बहुदलीय मान्यता अनुसार विचारको तहमा दलहरुलाई स्वतन्त्रता रहे पनि आन्दोलनको कार्यक्रममा एकढिक्का भएर अगाडि बढ्ने निश्चित गरियो।' बैठकले आन्दोलनको कार्यक्रम तर्जुमा गर्न र पर्चा प्रकाशन गर्ने जिम्मा कार्यदललाई दिने निर्णय गरेको छ।

हालै सरकारले ललितपुरमा नेकपा–माओवादीका कार्यकर्ताहरुमाथि गरेको धरपकड लगायतका क्रियाकलापको विरोध गर्दै साउन १७ गते देशको सबै भागहरुमा विरोध सभा गरी निर्वाचन आयोगको आचार संहिता जलाउने कार्यक्रम तय गरेको गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.