उद्योग बन्दप्रति महासंघको ध्यानाकर्षण

साउन, काठमाडौं । नयाँ तलबमान लागू हुने क्रममा रहेको बेला मजदुरबाट केही उद्योगमा अवरोध सिर्जना गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको छ । ‘धेरै जस्तो उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक लागू गरिसकेका र बाँकी प्रतिष्ठानमा लागू गर्ने प्रकृया अगाडि बढिसकेको अवस्थामा छिटफुट केही उद्योगमा कार्यरत कामदारबाट अमिल्दा माग राखी बन्द गर्ने सम्मको कार्य भएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ’, महासंघले बिहीबार विज्ञप्ति जारी गरी भनेको छ ।

न्यूनतम पारिश्रमिक सरकारले निर्धारण गरेको हुनाले यसलाई कामदारको पारिश्रमिक वृद्धिको रुपमा लिन नमिल्ने महासंघ स्पष्ट पारेको छ । न्यूनतमभन्दा माथिको पारिश्रमिक वृद्धि प्रतिष्ठानको क्षमता तथा कामदार कर्मचारी र प्रतिष्ठान बीचको आपसी सहमतिमा तय हुने महासंघले उल्लेख गरेको छ ।

‘कानूनी प्रावधानअनुसार व्यवस्थापन र कामदारबीच पारिश्रमिक सुविधा लगायतका विषयमा सामुहिक सौदावाजी सम्झौता बहाल रहेको स्थितिमा सबैको पारिश्रमिक वृद्धि गर्नु पर्छ भन्ने माग आफैमा सामुहिक सौदावाजीको सिद्धान्तको प्रतिकूल छ’, विज्ञप्तिमा भनिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.