जबर्जस्ती निर्वाचन गरिए प्रतिकार गर्छौं – अध्यक्ष वैद्य

हेटौँडा- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारले वार्ताको माध्यमबाट सबै राजनीतिक दललाई संविधानसभाको निर्वाचनमा समेट्ने प्रयास गर्नुपर्ने बताएका छन्। उनले सरकार र चार राजनीतिक दलले जबर्जस्ती चुनाव गराए पार्टीले त्यसलाई सशक्त प्रतिकार गर्ने चेतावनी दिए।

क्रान्तिकारी पत्रकार महासङ्घ मकवानपुरद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्न एवम् पूर्वराजासहितका राष्ट्रवादी शक्तिहरूसँग सहकार्य गर्न अपरिहार्य रहेको स्पष्ट पारे।

उनले नेपालको स्वाधीनता र देशभित्र बाह्य शक्तिको बढ्दो चलखेललाई निस्तेज पार्न पूर्वराजासँग सहकार्य गर्ने भनिए पनि नेकपा–माओवादीले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयताको मूल्यमान्यतामा कुनै सम्झौता नगर्ने बताए।
पार्टीले राख्दै आएको गोलमेच सम्मेलनबाट राष्ट्रिय सर्वदलीय सरकार स्थापना भएर निर्वाचन गरिएमा आफ्नो पार्टीलगायत अन्य दल सहभागी हुने उनले विश्वास व्यक्त गरे।

0 comments

Write Down Your Responses

Powered by Blogger.