ग्ल्यामर,
समाज
»
उपत्यकामा मात्रै तीन सय तेस्रो लिंगी यौनकर्मी
उपत्यकामा मात्रै तीन सय तेस्रो लिंगी यौनकर्मी
साउने संक्रान्तिको दिन। राती करबि साढे १० बजे। काठमाडौँको ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनअगाडिको सडकमा युवतीको भेषमा पुतलीजस्तै सिँगारिएको समूह बटुवाहरूसँग उत्तेजक हाउभाउ देखाइरहेको थियो। कुनै पुरुष नजिक देख्नासाथ कहिले आँखा झिम्क्याइदिन्थ्यो त कहिले मुसुक्क हाँसेर हातले इसारा गर्न भ्याउँथ्यो।
सुलुत्त परेको अग्लो ज्यानकी एक युवती कोही पुरुष आफ्नो छेउमा आउनासाथै कम्मर मर्काएर नाच्दै नजिकिन खोज्थिन्। घरीघरी प्रहरीको गस्ती भ्यान हुइँकिँदा यो समूह त्यहीँ कतै बिलाउँथ्यो र छिनमै उस्तै दृश्य दोहोरिन्थ्यो। प्रहरी र त्यो समूहको लुकामारी चल्थ्यो। ग्राहक पट्याउन सफल हुनेहरू यस्तो तामझाममा नभुली ट्याक्सीमा बसेर कतै बतासिन्थे। गार्डेन अफ डि्रम -स्वप्न बगैँचा)नजिकैको सडक क्षेत्र हरेक रात यसै गरी रंगीला बन्छ। राती १० बजेपछि ग्राहक खोज्दै सडकमा तेस्रो लिंगी यौनकर्मीहरू छपक्कै हुन्छन् यहाँ। केशरमहलस्थित शिक्षा मन्त्रालयको पुरानो भवनदेखि कर्मचारी सञ्चयकोष भवनसम्मको सडक किनारामा उनीहरू खुलमखुला मोलमोलाइ गररिहेका भेटिन्छन्। २ साउनको सवा १० बजेतिर चितवनकी किरण विक, २२, स्वप्न बगैँचाअगाडि रेलिङ्मा अडेस लागेर आवतजावत गर्नेहरूप्रति चनाखो आँखा लगाएर उभिरहेकी थिइन्। छिनमै एक जना टिनेजरले किरणसँग साउती मारे। सम्भवतः कुरा मिलेन र उनी फनक्क अर्कोतिर फर्किन्। भन्छिन्, "यस्ता केटाहरू धेरैजसो जिस्क्याउन मात्रै आउँछन्, नजिक परेर कस्ता होलान् भनेर छुन खोज्छन्। अनि, जान्छन्।"
0 comments
Write Down Your Responses